Techie IT
शुक्रबार, भदौ २६,२०८३

भिरबाट लड्दा दुई जना घाइते


हेटौँडा, पुस २६ गते । मकवानपुरको भीमफेदी गाउँपालिकामा भिरबाट लडेर दुई जना घाइते भएका छन् । भीमफेदी गाउँपालिका ९ स्थित साल बिसाउनेका सुनिल गोले र प्रशान्त गोले भिरबाट लडेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

१३ वर्षीय सुनिल घरदेखि छ–सात कि।मि। पश्चिमतर्फरहेको देउराली सामुदायिक वनको एकपाखे भिरमा बिहीबार साँझ घाँस काट्दा लडेपछि निजलाई बचाउने क्रममा सँगै गएको साथि १८ वर्षीय प्रशान्तसमेत लड्दा घाइते हुनुभएको हो ।

प्रहरीका अनुसार दुवै जनाको हेटौँडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन पुरानो मेडिकल कलेजमा पठाइएको छ ।

घाइते सुनिल गोलेको टाउको, अनुहार र कम्मर, खुट्टामा भित्री चोट तथा प्रशान्तको बायाँ हातखुट्टा, कम्मर, छातीमा भित्री चोट लागेको प्रहरीको भनाइ छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भिरबाट लड्दा दुई जना घाइते


तपाईको कमेन्ट लेख्नुहोस्