टोखामा मोटरसाइकल दुर्घटनामा पैदलयात्री नुवाकोटकी महिलाको मृत्यु
काठमाडौंको टोखा नगरपालिका-८ मिलनटोलमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
बा ६३ प १४४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भई काठमाडौं तारकेश्वर बस्दै आएकी ४० वर्षीया सुन्तली लामाको निधन भएको हो।
बुधबार साँझ दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि ग्राण्डी अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते मोटरसाइकल चालकको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखामा मोटरसाइकल दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्