फुटबल खेलाडी ५० हजारसहित सम्मानित

रामपुर (पाल्पा), पुस २६ गते । राष्ट्रिय यू–१३ पुरुष फुटबल टिममा छनोट भएका खेलाडीलाई रामपुर नगरपालिकाले सम्मान गरेको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले छनोट गरेको टिममा पर्न सफल विप्लप गुरुङलाई नगरपालिकाले ५० हजार रुपियाँ रकम सहित सम्मान गरेको हो ।
पाल्पाबाट एक मात्र राष्ट्रिय खेलाडीको रुपमा छनोट हुनु भएका रामपुर–७ का गुरुङलाई नगरपालिकाले नगर सभाको १६ औँ अधिवेशनको अवसरमा बिहीबार सम्मान गरेको हो । नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले चेक, सम्मान पत्र सहित दोसला र ढाका टोपी ओढाएर सम्मान गर्नुभएको थियो ।
नगरपालिकाले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पुग्न सफल खेलाडीको प्रोत्साहनका लागि सम्मान तथा पुरस्कृत गर्दै आएको रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले बताउनुभयो । खेल क्षेत्रमा गुरुङले प्राप्त गरेको सफलताले नगरको गरिमा र पहिचानलाई थप उच्च बनाएको बताउनुभयो । अधिवेशनको अवसरमा नगरपालिकाले करारमा कार्यरत रही उमेर हदका कारण विदा हुनु भएको कर्मचारी ईन्द्र बहादुर अर्याललाई समेत सम्मान गरेको छ ।
नगरपालिकाले स्थापना गरेको कर्मचारी कल्याणकारी कोष मार्फत दुई लाख ९९ हजार १६० रुपियाँ ९८ पैसा सहित दोसला, प्रशंसा पत्र र ढाका टोपीले सम्मान गरिएको थियो ।
नगर सभाको अधिवेशनले चालु आर्थिक वर्षको ४० वटा योजना तथा कार्यक्रमको बजेट ८६ वटा योजनामा रकमान्तर तथा शीर्षकान्तर गरेको छ । दुई करोड एक लाख ६५ हजार रुपियाँ बजेट ८६ वटा योजना तथा कार्यक्रममा शीर्षकान्तर गरिएको उपप्रमुख बालकुमारी थापाले बताउनुभयो । साथै नगर सभा बाट स्थानीय युवा परिषद् ऐन संशोधन गरिएको नगर प्रवक्ता कपिल बहादुर खाँणले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #breaking, #फुटबल खेलाडी ५० हजारसहित सम्मानित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्