प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्रीबाट- विभिन्न उपसमिति गठन
काठमाडौं । नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५(२७ गतेसम्म विराटनगरमा हुने १०औँ महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।
महाधिवेशनको बन्द सत्रलाई पार्टी महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने छन् । प्रेस चौतारी नेपालको सचिवालय बैठकले गरेको निर्णयलाई केन्द्रीय कमिटीको जुम बैठकले अनुमोदन गरेको संगठनका महासचिव हीरामान लामाले जानकारी दिए ।
महाधिवेशन सम्पन्न गर्न संगठनका अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । जसमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी र सदस्य, प्रदेश समितिका अध्यक्ष तथा महाधिवेशन आयोजना गरिएको प्रदेश र जिल्ला अध्यक्ष सदस्य छन् ।महाधिवेशनको व्यवस्थापनका लागि संगठनका सचिव तथा कोशी प्रदेश इञ्चार्ज विक्रम लुइँटेलको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । व्यवस्थापन समिति सदस्य केन्द्रीय कार्यालयसँग समन्वय गरी संयोजकले आवश्यकताअनुसार निर्माण गर्न संयोजकलाई बैठकले जिम्मेवारी दिएको छ ।
बैठकले संगठनका जिल्ला अधिवेशन माघ २५ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश अधिवेशन फागुन ७ गतेभित्र सक्ने निर्णय भएको छ ।
विभिन्न समिति गठन
महाधिवेशनमा प्रस्तुत गर्ने संगठनको तत्कालीन र दीर्घकालीन कार्ययोजना तयारीको प्रस्ताव तयार पार्न उपाध्यक्ष गणेश पाण्डेको संयोजकत्वमा ७ सदस्यीय प्रस्ताव समिति गठन भएको छ । महाधिवेशनमा प्रस्तुत गरिने समसामयिक प्रस्ताव लेखनका लागि उपाध्यक्ष सविन प्रियाशन चौधरीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ ।
यसै गरी स्मारिका प्रकाशनका लागि उपाध्यक्ष राजेश राईको संयोजकत्वमा ७ सदस्यीय स्मारिका प्रकाशन समिति गठन गरिएको छ । महाधिवेशनको प्रचार प्रसारका लागि उपाध्यक्ष देवीका घर्ती मगरको संयोजकत्वमा ५ सदस्यीय प्रचार प्रसार समिति गठन भएको छ ।
महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक तथा सांगठानिक प्रतिवेदन लेखनका लागि महासचिव हिरामान लामाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । महाधिवेशन प्रस्तुत गरिने आर्थिक प्रतिवेदन लेखनका लागि कोषाध्यक्ष इन्द्रप्रसाद आचार्यको संयोजकत्वमा ३ सदस्यीय आर्थिक प्रतिवेदन लेखन समिति गठन गरिएको छ ।
अभिलेख व्यवस्थापनका लागि उपमहासचिव शुरोजंग पाण्डेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । प्रतिनिधि व्यवस्थापनका लागि सचिव हरिबल्लभ नेपालको संयोजकत्वमा १५ सदस्यीय समिति, विधान संशोधनसम्बन्धी प्रस्ताव लेखनका लागि सचिव प्रदीप आचार्यको संयोजकत्वमा ३ सदस्यीय समिति, आर्थिक सङ्कलन तथा व्यवस्थापनका लागि सचिव विष्णु तारुकेको संयोजकत्वमा १० सदस्यीय आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ ।
त्यस्तै अतिथि सत्कार समितिको संयोजकमा सचिव लोग्शरी कुँवरको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ । ३२ जना केन्द्रीय सदस्य तथा तीनजना लेखा आयोगका सदस्य मनोनीत गर्ने निर्णय पनि गरेको छ ।
संगठनको स्थापना दिवसको दिन प्रदान गरिँदै आएको हृदयचन्द्र सिंह प्रधान र अग्निशिखा स्मृति पत्रकारिता पुरस्कारसहित सबै पुरस्कार सिफारिस गर्न वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति गठन भएको छ ।
त्यस्तै महिला पत्रकारलाई प्रदान गर्ने गरी यसै वर्ष स्थापना गरिएको प्रेस चौतारी राष्ट्रिय महिला पत्रकारिता पुरस्कार सिफारिस गर्न उपाध्यक्ष देवीका घर्ती मगरको संयोजकत्वमा ३ सदस्सीय समिति गठन गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्रीबाट- विभिन्न उपसमिति गठन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्