नेपाल राष्ट्र बैंकका प्रथम गर्भनर हिमालयशम्सेर जबरालाई पत्नीशोक
पुष्कर बस्नेत
काठमाडौं, बरिष्ठ अर्थ्विद् तथा नेपाल राष्ट्र बैंकका प्रथम गर्भनर हिमालयशम्सेर जबरालाई पत्नीशोक परेको छ । उहाँकी धर्मपत्नी विजयालक्ष्मी राणाको आज दिउँसो १२ः४५ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ । दिवंगत राणा लामो समयदेखि अस्वस्थ्य भई उपचारत हुनुहुन्थ्यो । उहाँ ८२ वर्षकी हुनुहुन्थ्यो ।
दिवंगत राणाकी दुई छोरा र दुई छोरी छन् । छोराहरु अशोक शम्सेर जबरा (कार्यकारी प्रमुख हिमालय बैंक) र अमर शम्सेर जबरा छन् । त्यस्तै, छोरीहरु प्रतिमा पाण्डे र संगीता थापा रहेका छन् ।
दिवंगत राणाको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि थापाथलीस्थित निवासमा राखिएको छ । उहाँको आजै ५ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । शोकको यस घडीमा दृष्टि परिवार दिवंगतप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं । साथै, शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गदछौं।
क्याटेगोरी : समाचार
ट्याग : #हिमालयशम्सेर जबरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्