टोल र सडकहरुको नामाकरण गर्दै टोखा
काठमाडौँ, पुस २५ गते । टोखा नगर प्रमुख प्रकाश अधिकारीले एक अपिल जारी गर्दै नगरबासीमा टोल र सडकहरुको नामाकरण गर्न अनुरोध गरेका छन् । अधिकारीले घर संकेत नम्बरको कार्य अगाडी बढेको हुँदा सडक तथा टोलहरुको नामाकरण हुन् लागेको जानकारी गरेका हुन् ।
नगर प्रमुख अधिकारीले जारी गरेको अपिलमा भनिएको छ – परम्परागत वा ऐतिहासिक वा साँस्कृतिक वा प्रचलित नाम हुनुपर्ने उल्लेख गरिएको छ । त्यस्तै मुख्य बाटोलाई मुख्य ठाउँको आधारमा नाम राख्न सकिनेछ । स्थानीय र मौलिक नाममा प्राथमिकता दिनुपर्ने, हरेक बाटोको सम्पुर्ण लम्बाई भरि एउटै नाम राख्नुपर्ने, मुख्य बाटोले जोडेको सुरुको नाम र अन्तिम ना समावेश हुनुपर्ने, बाटो, चोक तथा सडकको नाम राख्दा राजनीतिक वा व्यक्तिको नाम राख्न नपाइने भएको छ । नगरपालिका भित्र सकेसम्म नदोहोरिने नाम र छोटो राख्नुपर्ने अपिलमा उल्लेख गरिएको छ । नामहरु वडा कार्यालय, नगरपालिकाको कार्यालयमा वा इमेलबाट hellotokha@gmail.com बाट सुझाव पठाउन अनुरोध गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोल र सडकहरुको नामाकरण गर्दै टोखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्