जहाजहरु खरिद गर्दादेखि नै नेपाल एयरलाइन्समा विभिन्न समस्या देखिइरहे – पर्यटनमन्त्री पाण्डे
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन सम्बन्धमा छलफल भएको छ । सिंहदरबारस्थित समिति सभाहलमा मंगलबार भएको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जहाजहरु खरिद गर्दादेखि नै नेपाल एयरलाइन्समा विभिन्न समस्या देखिइरहेको बताए ।
उनले सञ्चालन गर्ने मोडालिटीमा पारदर्शितादेखि टिकट बिक्री वितरणसम्ममा पारदर्शिता देखाउनेगरी काम गर्ने उपाय खोज्नमा लागिपरेको जानकारी दिए ।
उनले भने, ‘पटकऔपटक नेपाल एयरलाइन्सका विभागीय प्रमुखहरुसँग, कार्यकारी अध्यक्षसँग छलफल गरिरहेका छौं । हाम्रा जहाजहरु खरिद गर्दादेखि नै विभिन्न मुद्दा वा विषयमा विभिन्न विवाद चलिरहेको विषय साथै सञ्चालन गर्ने मोडालिटीमा पारदर्शिता देखाउनुपर्ने एवम् टिकट बिक्रीमा देखिएका समस्याहरु समाधान खोजिरहेका छौं ।’
समिति सदस्य सुनिता बरालले नेपाल एयरलाइन्सको काउन्टरमा हुने सामान्य व्यवहारलाई पनि प्रश्न गर्नुपर्ने ठाउँमा पुग्नु दुःखद रहेको बताइन् ।
वायु निगम एउटामात्र बाटोले सेवाहरुसँग जोडिने विषय नभएकाले कर्मचारीहरुलाई टिकाइराख्न र निरन्तर प्रभावकारी बनाउन गर्नुपर्ने काममा कति निगमले प्रयास गरेको भन्ने कुरा पनि आउनुपर्ने उनले बताईन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जहाजहरु खरिद गर्दादेखि नै नेपाल एयरलाइन्समा विभिन्न समस्या देखिइरहे - पर्यटनमन्त्री पाण्डे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्