Techie IT
मंगलबार, कात्तिक २५,२०८३

कैलालीमा ३४ हजार चार सय क्वीन्टल धान खरिद


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा यस वर्ष किसानबाट ३४ हजार ४५८ क्वीन्टल धान खरिद गरेको छ । लिमिटेडले जिल्लाको छ स्थानमा गोदाम र केन्द्र सञ्चालन गरेर किसानबाट धान खरिद गरेको हो ।

टीकापुर गोदामले १४ हजार ९४०।६५ क्वीन्टल, सत्ती गोदामले १० हजार २६८।५७ क्वीन्टल, भजनी खरिद केन्द्रले दुई हजार ५९१।८४ क्वीन्टल धान खरिद गरेको जनाइएको छ ।

यसैगरी, जोशीपुर खरिद केन्द्रमा चार हजार १४२।६६ क्वीन्टल, गौरीगंगा खरिद केन्द्रमा २९७।४५ क्वीन्टल र मोहनपुर गोदाममा दुई हजार २१६।९८ क्वीन्टल धान खरिद भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी नविन बूढाले जानकारी दिनुभयो ।

लिमिटेडले यस वर्ष कात्तिक ११ गतेबाट किसानको धान खरिद कार्य सुरु गरेको थियो । प्रति क्वीन्टल तीन हजार ४१०।५१ रुपियाँमा मोटा धान खरिद गरिएको छ । लिमिटेडले किसानलाई दिएको मूल्य व्यापारीकोभन्दा राम्रो हो । व्यापारीले यसवर्ष प्रति क्वीन्टल तीन हजार एक सय वा तीन हजार दुई सय रुपियाँमा किसानको धान खरिद गरेका जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कैलालीमा ३४ हजार चार सय क्वीन्टल धान खरिद


तपाईको कमेन्ट लेख्नुहोस्