किशोरीलाई बलात्कार गरेको अभियोगमा बिर्तामोडका पूर्वमेयरलाई थुनामा पठाउन आदेश

घरमा काम गर्न राखिएकी १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटी जेल चलान भएका छन् ।
मंसिर २४ मा पक्राउ परेका शिवाकोटी हिजोबाट जेल चलान भएका हुन् । झापा जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन सोमबार आदेश दिएको श्रेस्तेदार किरणकुमार सिंहले जानकारी दिए ।
पूर्वमेयर शिवाकोटीविरुद्ध पीडितले किटानी जाहेरी दिएकी थिइन् ।
आइतबार शिवाकोटीसँग बयान लिइएको थियो । उनको पक्षमा अशोक पोखरेल, गजेन्द्र आचार्य, टंक उप्रेती, बालकुमार कट्वाललगायतका कानून व्यवसायीले बहस गरेका थिए ।
यसअघि अदालतले उनलाई २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उनी पक्राउ परेकै दिनदेखि बीएण्डसी अस्पतालमा बस्दै आएका थिए । पूर्वमेयर शिवाकोटीको उपचारको व्यवस्था मिलाउन पनि कारागार प्रशासनलाई पत्राचार गरिएको अदालतले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #किशोरीलाई बलात्कार गरेको अभियोगमा बिर्तामोडका पूर्वमेयरलाई थुनामा पठाउन आदेश
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्