‘नागरिकका जनजीविकाका सवालमा केन्द्रित छौं’
नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर शाहीले नागरिकका जनजीविकाका सवाललाई केन्द्रित गरेर काम गरिहेको बताउनुभएको छ । प्रेस युनियन सल्यानले जिल्लाको खलंगामा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
काम गर्न खोजिरहेको अवस्थामा पटकपटक सरकार फेरबदल भैरहने हुँदा नागरिकले सोचे अनुसार काम गर्न नसकेपनि जनताको जिवनस्तर उकास्ने काममा कटिवद्ध भएर लागिरहेको बताउनुभयो ।
प्रतिनिधि सभा सांसद तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनुभएका शाहीले अझैपनि जनताका समस्या राज्य सँग पुग्न नसकेकाले यी सवाललाई केन्द्रित गरेर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको काम गर्नको लागि तीन तहको सरकार छ, केन्द्रमा सरकारले गति लिइरहेको छ, त्यति निराशाजनक छैन, सबै गरिसक्यौं भन्ने होइन, पहिलेको तुलनामा अहिले केही विकास भएको छ । प्रयास जारी छ । ठुला योजनामा संघ सरकारले काम गर्नुपर्ने र सार्वजनिक महत्वका बिषयमा प्रदेश र स्थानीय तहले ध्यानमा राखेर काम गरिरहेको बताउनुभयो ।
संघ र प्रदेश सरकार भन्दा स्थानीय तहको भूमिका बढी हुने भएकाले भइरहेका विकास निर्माणका योजनामा सम्पन्न गर्नमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, प्रदेश सरकारलाई अधिकार सम्पन्न नवनाए प्रदेश तहको औचित्य पुस्टि गर्ने चुनौती बढेको छ ।
नेता शाहीले भुकम्पको पुननिर्माणका लागि सरकार गम्भिर भएर लागि परेको बताउनुभयो । भुकम्पबाट क्षति भएका बिद्यालय र स्वास्थ्य संस्था निर्माणका लागि कर्णाली प्रदेश सरकारले तिन जिल्लामा बजेट पठाएको बताउनुभयो ।
अर्को प्रसङ्गमा वाइडवडी काण्डमा बिना प्रमाण मुद्धा खेप्नु परेकाले ढिलै भएपनि आफुले न्याय पाएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #'नागरिकका जनजीविकाका सवालमा केन्द्रित छौं', #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्