तारकेश्वरको सम्पूर्ण वडाहरुमा राहात बितरणका लागि प्रदेश सांसद संग्रौलाको सक्रियता
सुमन राज कार्की
तारकेश्वर काठमाडौ । कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण अनुगमन तथा एकीकृत ब्यबस्थापन समितीको बैठक प्रदेश सभा सदस्य योगेन्द्र संग्रौलाज्युको संयोजकत्वमा तारकेस्वर नगरपालिकाको नगर प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकिय अधिकृत,वडा अध्यक्षहरु,विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु,स्वास्थकर्मिहरु,सुरक्षाकर्मिहरुको उपस्थितिमा बैठक सम्पन्न भएको छ ।
वाग्मती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड जम्मा गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारको नियम अनुसार लक डाउनलाई पुर्ण रूपमा पालना गर्ने गराउने कार्यमा सहयोग पुर्याउने र प्रदेश सरकार बाट बिनियोजित रकम तारकेस्वर,टोखा नगरपालिकाको निर्णय बमोजिम सम्पुर्ण वडामा राहत वितरण छिटो सुचारु गर्ने लगायतका कार्यमा महत्त्वपुर्ण भुमिका निर्वाह गरेको प्रदेश सांसद योगेन्द्र संग्रौलाले बताए ।
कोरोना भाईरस बाट वचन सक्ने एक मात्र उपाय भनेको नै घरमा सुरक्षीत रुपले बस्ने भएकोले,सबै नागरिकहरुलाई घरैमा बसेर लक डाउनलाई पुर्ण रुपमा पालना गर्न संग्रौलाले आग्रह समेत गरेका छन ।
संकट को बेलामा हुन सक्ने कालोबजारी लाई ध्यानमा राखी यस्तो काम रोक्न र कार्बाहीको दायरामा ल्याउनका लागि प्रदेश सरकार र स्थानिय सरकार लागी परेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर, #योगेन्द्र संग्रौला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्