प्रचण्डको यस्तो कार्ययोजना ः काठमाडौंसहित शहरी क्षेत्रमा माओवादीलाई ‘नम्बर वान’ बनाउने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रको जनमत बढाउने कार्ययोजना पेस गरेका छन् । जारी केन्द्रीय कमिटीको बैठकमा शहरी क्षेत्रमा जनमत बढाउने केही योजना सार्वजनिक गरेका हुन् ।
काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा माओवादीको जनमत कमजोर छ । प्रचण्डले उपत्यकाको ऐतिहासिक पुरातात्विक सांस्कृतिक महत्वको व्यक्तित्व, संस्था र सम्पदाहरूको जगेर्ना गर्ने, सहरीकरणको बसोबास व्यवस्थित बनाउने, पराम्परागत सम्पदा, सांस्कृतिक धरोहर र संस्कृति रक्षासहितको विकास, फोहोर व्यवस्थापन, खानेपानी र ढल निकासको व्यवस्थामा जोड दिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।
यस्तै, सार्वजनिक यातायातको व्यवस्थापन, नदी किनारका बस्तीहरुको व्यवस्थापन, सुकुमबासी समस्या समाधानलगायतका विषय उल्लेख गरेका छन् ।
माओवादीको जारी बैठकमा अहिले अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावमाथि नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #प्रचण्डको यस्तो कार्ययोजना ः काठमाडौंसहित शहरी क्षेत्रमा माओवादीलाई ‘नम्बर वान’ बनाउने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्