अन्तरक्रियात्मक योजना तर्जुमा र सहभागितामूलक विकासको बाटोमा हिँडिरहेका छौँ – वडाध्यक्ष संगत
काठमाडौँ, पुस २१ गते । योजना तर्जुमा गर्दा टोलस्तरीय अन्तरक्रियात्मक र सहभागितामूलक योजना कार्यान्वयनको बाटोबाट आर्थिक, सामाजिक तथा पूर्वाधार विकासको काम गरिरहेको बताउँदै वडा नं. ८ का अध्यक्ष आशामान संगतले वडाबासीलाई वडाका कार्यक्रममा निगरानी राख्न आग्रह गर्नुभएको छ । जयबागेश्वरीदेखि दथुटोल, कडटोल, बालकुमारी, इटाटोल हुँदै पशुपति क्षेत्रमा सञ्चालन भइरहेका कामका विषयमा जानकारी दिन लाभग्राहीका बिचमा आयोजना गरिएको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
‘योजनाका विषयमा जानकारी नपाएका कारणले वा जानकारी भएर पनि असहयोग गर्ने नियतले कार्यक्रम कार्यान्वयनमा वाधा हुने गरेको अनुभव पनि छ ।’ योजनाका विषयमा कुनै गुनासो, टिप्पणी वा सुझाव छ भने प्रारम्भिक छलफलमा भन्नुपर्छ । कार्यान्वयन चरणमा पुगेको योजनामा अवरोध गर्दा प्रयत्न, समय र वजेटमा क्षति हुन्छ । आफैँले तिरेको करबाट खर्च हुने राज्य कोषलाई मितव्ययी बनाउन सबैबाट प्रयास हुनुपर्छ ।’ उहाँको भनाइ थियो ।
निकायगत असमन्वयका कारण पनि विकासले गति लिन नसकेको बताउँदै उहाँले, पशुपति क्षेत्र विकास कोष, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र पुरातत्व विभागबाट विकासमा सहयोगभन्दा पनि अवरोध गरेको उहाँको भनाइ छ ।
विश्व सम्पदा क्षेत्र पशुपतिलाई वरिपरिबाट फलामे बार लगाइएको छ । वडाबासीले भनेजस्तो खानेपानी प्राप्त गर्न सकिरहेका छैनन् । यस्ता सेवा महानगरपालिकाको जिम्मेवारीमा छैनन् । नागरिकले सेवा नपाएको गुनासो वडा र महानगरपालिकामा गर्नुहुन्छ । गुनासो गर्ने ठाउँ पनि यही नै हो । यसैले पनि सेवा वितरणका जिम्मेवारी महानगरपालिकामा आउनु पर्ने, अन्तरक्रियामा आवाज उठेको थियो । अन्तरक्रियामा भाग लिने वडाबासीले सुझाव दिँदै भन्नुभयो, ‘पुरातात्विक क्षेत्रमा बनाइने आकाशे पुललाई स्थान पहिचान गरेर स्थानान्तरण गरौँ, पशुपति क्षेत्रभित्रका स्थानीयबासीलाई आवतजावत गर्न वडाले प्रदान गर्ने पासलाई सहजीकरण गरौँ, पशुपति क्षेत्रमा पार्किङ ब्यवस्थापन सेवाग्राहीमैत्री बनाऔँ । सम्पदा क्षेत्रमा वातावरणमैत्री संरचना निर्माण गरौँ । जनप्रतिनिधिले यस दिशामा नेतृत्व गरौँ । हामी साथ प्रदान गर्छौँ ।’
त्यस्तै, स्थानीय ब्यक्तिहरूले पशुपति क्षेत्र विकास कोषले चारैतिर आफुहरूलाई बन्देज बनाएर राखेको बताउदैँ वडाले बनाएको पासले स्थानीयहरूलाई आवतजावत गर्न सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #अन्तरक्रियात्मक योजना तर्जुमा र सहभागितामूलक विकासको बाटोमा हिँडिरहेका छौँ - वडाध्यक्ष संगत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्