Techie IT
मंगलबार, कात्तिक २५,२०८३

पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडि झडप


काठमाडौँ, पुस २१ गते । पोखरा आएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भेट नदिएको भन्दै सहकारी बचतकर्ताले विरोध जनाएका छन् । उनीहरूले पार्टी कार्यालय अगाडि प्रदर्शनसमेत गरे ।

 

नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा आज (आइतबार) दिनभर थापा राजनीतिक भेटघाटमा व्यस्त थिए । उनलाई भेट्न सहकारी पीडित संघर्ष समिति कास्कीका संयोजक एवम् हालका सूर्यदर्शन सहकारी सञ्चालक समितिका अध्यक्ष किरण श्रेष्ठलगायतको टोली आएको थियो ।

महामन्त्री थापाले भेट्न इन्कार गरेपछि किरण श्रेष्ठ त्यत्तिकै फर्किए । सहकारीसम्बन्धी मुद्दा अदालतमा चलिरहेका कारण सहकारी मुद्दासँग सम्बन्धित पक्षलाई महामन्त्री थापाले भेट्न नमानेको बताइएको छ ।

यता, रवि लामिछानेविरुद्ध यथेष्ट प्रमाण छ भनेर संसदमा बोलेका महामन्त्री थापासँग प्रमाण खोज्न रास्वपा समर्थक पनि पुगेका थिए । पार्टी कार्यालय अगाडि सहकारी बचतकर्तासँग हात हालाहाल पनि भयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पार्टी कार्यालय अगाडि झडप, #पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार


तपाईको कमेन्ट लेख्नुहोस्