चिसाे बढेपछि दाउराको माग बढ्याे
काठमाडौँ, पुस २१ गते । शीतलहरसँगै बढेको अत्यधिक चिसोबाट बच्नका लागि आगो ताप्न दाउराको व्यवस्था नहुनाले सर्वसाधारणलाई समस्या भएको छ ।
बढ्दाे चिसोबाट नगरवासीलाई राहत दिलाउने उद्देश्यले स्थानीय निकाय लगायत सम्बन्धित निकायले दाउराको व्यवस्था नहुनाले सर्वसाधारणले समस्या खेप्नुपरेको हो ।
आगो ताप्न दाउराको व्यवस्था नहुनाले नगरक्षेत्रभित्र रहेका पसलेहरूले कार्टुन बालेर जसोतसो आगो बालेर ताप्नुपरेको बाध्यता रहेको स्थानयीवासीहरूले बताएका छन् ।
बजरिया क्षेत्रमा आगो ताप्न दाउराको व्यवस्था मिलाइदिन स्थानीय निकायहरूले पहल गर्नुपर्ने समाजसेवी आत्माराम ठाकुरकाे भनाइ छ । दिनानुदिन बढ्दै गएको जाडोबाट राहत दिलाउन नगरपालिकाले नगरको विभिन्न ठाउँमा आगो बाल्न दाउराको व्यवस्था गर्नुपर्ने तथा जिल्लाको प्रत्येक स्थानीय निकाय लगायत सम्बन्धित निकायले सर्वसाधारणलाई दाउराको व्यवस्था गरे राहत हुने स्थानीय पनिलाल महतोले बताउनुभयो ।
दिनानुदिन बढ्दै गएको जाडोबाट बच्नका लागि उनी कपडा, ज्याकेट, स्वीटर, जुत्ता, कम्बललगायतका सामान बिक्री गर्ने पसलहरूमा नेपाली तथा सीमावर्ती भारतीय क्षेत्रका ग्राहकहरूको भिड बढेको व्यवसायीहरूले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #चिसाे बढेपछि दाउराको माग बढ्याे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्