नेप्सेम्याकको सहकार्यमा विभिन्न ठाउँमा सरसफाई तथा जनचेतना कार्यक्रम
काठमाडौँ, पुस २१ गते । नेप्सेम्याकका विभिन्न शाखाहरुको सहकार्यमा शनिवार विभिन्न ठाउँमा सरसफाई तथा सचेतना कार्यक्रमको आयोजना गरिएको छ । नागार्जुन नगरपालिका १ नम्बर वडा तथा प्रकृति टोल र विजयनगर टोलको सहकार्यमा टोलको सडक तथा सार्वजनिक स्थान सरसफाई गरिएको छ । वडा नं २ को कार्यालय आसपासका क्षेत्र तथा शान्ति टोल विकास संस्थासंगको सहकार्यमा त्यस क्षेत्रका सडक तथा सार्वजनिक स्थानको सरसफाई गरिएको छ ।
नेप्सेम्याक स्वयम्भु शाखा कार्यालयको व्यवस्थापकीय सहयोगमा वातावरणीय सचेतना तथा विशेष सरसफाई सम्पन्न भएको हो । विहान ७ बजेदेखि १० बजेसम्म सचेतना तथा सरसफाई कार्यक्रम सञ्चालन भएको हो । यस्तै नेप्सेम्याक र नागार्जुन नगरपालिका वडा नं ६ को संयुक्त आयोजनामा रामकोटको इचाडोलमा सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
यस्तै नेप्सेम्याक भक्तपुर शाखाको सक्रियतामा मध्यपुर थिमी नगरपालिका वडा नं ८ थिमिला टोलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेप्सेम्याकका विभिन्न शाखाहरुको पहलमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शनिवारीय साप्ताहिक विशेष सरसफाई कार्यक्रम सम्पन्न भएको नेप्सेम्याकका प्रवक्ता लक्ष्मीप्रसाद घिमिरेले जानकारी गराउनुभएको छ ।
हरेक दिन नेप्सेम्याकका कर्मचारीहरुले कार्यक्षेत्रभित्रका सडक तथा सार्वजनिक स्थानहरुको सरसफाई गर्ने गरेका छन् भने शनिवार तथा सार्वजनिक विदाका दिनमा समुदायका अगुवा संस्थाहरु एवम् वडा कार्यालय एवम् टोल सुधार समितिहरुसंगको सहकार्यमा विशेष सरसफाई तथा सचेतना कार्यक्रमहरु आयोजना गर्ने गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेप्सेम्याकको सहकार्यमा विभिन्न ठाउँमा सरसफाई तथा जनचेतना कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्