सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको प्रशिक्षण सम्पन्न
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिकामा नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिइएको छ ।
नेपाली कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण सिन्धुपाल्चोक शाखा प्रमुख दोर्जे लामाले कांग्रेसका नेता तथा कार्यकर्ताहरुको क्षमता अभिवृद्धीका लागि प्रशिक्षण दिइएको जानकारी दिनुभएको छ ।
करीब १०० जना नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिइएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य र नेपाल बिद्यार्थी संघका पूर्व महामन्त्री तथा केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य बलदेव तिमिल्सनाले प्रशिक्षण दिनुभएको थियो ।
नेता तिमिल्सनाका अनुसार स्थानीय नेता तथा कार्यकर्तालाई नेतृत्व विकास, कांग्रेसको इतिहास, सिद्धान्त, निति तथा कार्यक्रम र उदेश्यजस्ता विषयबस्तुमा प्रशिक्षण दिइएको थियो ।जिल्लामै स्थानीयस्तरमा प्रशिक्षण हुँदै गर्दा जिल्लाभर उत्साह छाएको उहाँले बताउनुभयो ।
भोटेकोशी गापाबाट सुरु भएको यस प्रशिक्षण कार्यक्रम सम्पूर्ण स्थानीय तहभर गरिने र पालिकाले वडा तहमा लैजाने कार्ययोजना रहेको नीति अनुसन्धान तथा प्रशिक्षण सिन्धुपाल्चोक शाखाले जनाएको छ ।
प्रशिक्षण कार्यक्रममा कांग्रेस महासमिति सदस्य लिला नेपाल,भोटेकोशी गा.पा. प्रमुख पासांग नोर्बु सेर्पा,नेपाल महिला संघ अध्यक्ष गिता नेपाल ,नेपाल तरुण दल अध्यक्ष संजय लामा, ट्रेड युनियन कांग्रेसका उपमहासिव बल्देव तामांग,काग्रेस नेता देबी बुढाथोकी लगाएतको उपस्थिति थियो ।

क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्