सेनाले प्रयोग गरेको जग्गामा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग
तनहुँको शुक्लगण्डकी नगरपालिका–७ खैरेनी टारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । सेवाग्राहीलाई सहज रूपमा प्रशासनको सेवा प्रवाह गर्न तनहुँ क्षेत्र नं २ को खैरेनी टारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो ।
नेपाली सेनाको श्री नम्बर ३ बाहिनी अड्डाले प्रयोग गरेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा इलाका प्रशासन कार्यालय स्थापनाको लागि उपलब्ध गराउन रक्षा मन्त्री मानवीर राई समक्ष अनुरोध गरिएको छ । तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीको नेतृत्वमा तनहुँका जनप्रतिनिधिले मन्त्री राईलाई भेटी इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेको हो ।
तनहुँको दक्षिणी तथा पश्चिम भेगका नागरिकलाई जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा प्रवाह इलाका प्रशासन कार्यालय स्थापना गरी सहज गरिदिन माग गरिएको थियो । जनताको घरदैलोमा सरल, सहज, सुलभ, झन्झटरहित एवं गुणस्तरीय सेवा गरी सङ्णीयताको अनुभूति गराउन इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने सांसद भण्डारीको भनाइ थियो । तनहुँमा इलाका प्रशासन कार्यालय नहुँदा जनतालाई सेवा लिन टाढा धाउनु पर्ने बाध्यता भएकाले त्यसको अन्त्यका लागि गृहमन्त्रीलाई भेट गरिएको सांसद भण्डारीले बताउनुभयो ।
शुक्ल गण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जनतालाई सेवा लिन आउन समस्या भइरहेकाले इलाका प्रशासन कार्यालयको आवश्यकता खड्किएकोले इलाका प्रशासन कार्यालय स्थापना गर्न माग राखिएको बताउनुभयो । पण्डितले बिहीबार रक्षा मन्त्रीका साथै प्रधान सेनापतिलाई भेटी माग राखिएको र प्रधानमन्त्रीलाई भेट्ने तयारी भइरहेको बताउनुभयो । भेटमा मन्त्री राईले यसबारेमा थप छलफल गरी मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने प्रतिबद्धता जनाउनुभएको थियो ।
जिल्ला प्रशासन कार्यालय तनहुँ सदरमुकाममा हुँदा सदरमुकामबाट टाढा रहेका दक्षिण पश्चिम भेगका घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, शुक्ल गण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका केही वडाका बासिन्दालाई सहजपुरमा सेवा प्रवाह गर्न खैरेनीटामा इलाका प्रशासन कार्यालय आवश्यक नगर प्रमुख पण्डितको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सेनाले प्रयोग गरेको जग्गामा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्