Techie IT
मंगलबार, कात्तिक २५,२०८३

कांग्रेसले ‘सभापति कप फुटबल’ प्रतियोगिता गर्ने, विजेतालाई २६ लाख


काठमाडौँ, पुस १८ गते । नेपाली कांग्रेसले सभापति कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज पत्रकार सम्मेलन गरेर माघ १० गतेबाट दशरथ रंगशालामा फुटबल प्रतियोगिता गर्न लागेको कांग्रेस खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले बताए ।

 

उनका अनुसार प्रतियोगिता १७ गतेसम्म चल्नेछ ।

प्रतियोगितमा प्रथम हुने टीमलाई २६ लाख र दोस्रोलाई १३ लाख पुरस्कार दिने बताए । प्रतियोगिताको प्राविधिक सहयोग एन्फालाई मागिएको छ ।

प्रतियोगिताको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने र समापन समरोहमा पार्टी सभापति शेरबहादुर देउवा उपस्थित हुने बस्नेतले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेसले ‘सभापति कप फुटबल’ प्रतियोगिता गर्ने, #विजेतालाई २६ लाख


तपाईको कमेन्ट लेख्नुहोस्