गगनको प्रस्ताव- भ्रष्टाचारका कुन-कुन फाइल खोल्नेबारे ओली, देउवा र प्रचण्डलाई एकै ठाउँ राखेर टुंग्याउँ
काठमाडौँ, पुस १८ गते । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य गगन थापाले भ्रष्टाचारका कुन-कुन फाइल खोल्ने भनेर तीन पूर्वप्रधानमन्त्रीको उपस्थितिमा टुंगो लगाउनुपर्ने आवश्यकता देखिएको बताएका छन् ।
सिंहदरबारमा अहिले बसिरहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
थापाले भने, ‘एकजना पूर्वप्रधानमन्त्री (प्रचण्ड) आजको बैठकमा आउनुभएको छ । अर्को पूर्वप्रधानमन्त्री अर्को समितिमा आइराख्नुभएको छ । अर्को एकजनालाई पनि बोलाएर यसै समितिमा छलफल गरौं । भ्रष्टाचारको कुन-कुन फाइल खोल्ने हो टुंगो लगाउँ ।’
सबै जसो नेता कुनै न कुनै भ्रष्टाचारमा संलग्न रहेको नागरिकका भ्रम परेकाले एकीकृत रूपमा समाधान खोज्नुपर्नेमा जोड दिए । सरकारमा रहँदा मौन बस्ने र सरकारबाट बाहिरिएपछि भ्रष्टाचारको फाइल खोल्ने तयारी भएको धम्की शीर्ष नेताले दिने गरेको भन्दै छलफल शीर्ष नेतृत्व तहमै हुनुपर्ने बताए ।
उनले थप्दै भने, ‘यदि बनाउने नै हो भने शक्तिशाली आयोग बनाऔं । सबैको सम्पत्ति छानबिन गरौं । हामी सबैको गरौं । बाहिर यो वा त्यो भ्रष्टाचारको फाइल खोल्नुपर्छ नभनौं ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गगनको प्रस्ताव- भ्रष्टाचारका कुन-कुन फाइल खोल्नेबारे ओली, #देउवा र प्रचण्डलाई एकै ठाउँ राखेर टुंग्याउँ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्