बालगायक सचिन परियारको निधन
काठमाडौँ, पुस १८ गते । बालगायक सचिन परियारको निधन भएको छ।
बिहीबार बिहान १० बजे उनको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा निधन भएको हो। सचिनका बुवा तेजेन्द्र परियारले उनको निधन भएको पुष्टि गरे।
केहि दिन यता सचिनको स्वास्थ्यमा समस्या आएपछि उनका बुवा तेजेन्द्र परियारले सामाजिक सञ्जालमार्फत आर्थिक सहयोगको माग गर्दै आएका थिए।
गायक सचिनले अभिनेता राजेश हमालदेखि पछिल्लो समयका कलाकारहरुसँग अभिनय समेत गरेका छन्।
उनी आफैँले गाएको गीत ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’चर्चामा रहेका छन्।
भाइरल बालगायकका रूपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा छाएका थिए। टिकटकमा उनको डाइलग ‘के छ हजुर’ एकदमै चर्चित बनेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालगायक सचिन परियारको निधन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्