उमाकुण्डमा नदीजन्य पदार्थ उत्खनन रोक
रामेछापको उमाकुण्ड गाउँपालिकाले नदीजन्य पदार्थ ढुङ्गा र बालुवा उत्खननमा रोक लगाएको छ । लिखु खोलामा सञ्चालित जलविद्युत आयोजनाले जथाभाबी नदीजन्य पदार्थ ढुङ्गा र बालुवा उत्खनन गरी वातावरणलाई प्रभावित पारेको भन्दै गाउँपालिकाले लिखु खोलामा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको हो ।
गाउँ कार्यपालिकाको पुस १५ गते बसेको बैठकले उमाकुण्ड गाउँपालिका अन्तर्गत लिखु नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री वितरणका लागि आइइई–इआइए प्रतिवेदन तयार नहुँदासम्म उत्खननको काममा रोक लगाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार आइइई–इआइए प्रतिवेदन तयारीका लागि तत्काल प्रक्रिया अगाडि बढाई ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ बमोजिम ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरण कार्य गरिने भएकाले सो कार्य पूरा नभएसम्मका लागि लिखु नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
गाउँपालिकाको निर्णय विपरित ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरण गरेको पाइएमा बागमती प्रदेश सरकारको आर्थिक ऐन २०८१ बमोजिम जरिवाना गरिने गाउँपालिकाले सूचनामार्फत चेतावनी दिएको छ ।
लिखु नदीमा दुगड ग्रुपले सञ्चालन गरेको विभिन्न जलविद्युत आयोजनाले सो क्षेत्रमा प्राकृतिक स्रोतको कानुनविपरित दोहन गरिरहेको स्थानीयको आरोप छ । नदीको पानी सुकाएर ड्याममा पानी फर्काउँदा लिखुका जलचर नष्ट भएका र जङ्गली जनावरलाई पानी खान समेत समस्या भएको स्थानीय डोमा शेर्पाले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उमाकुण्डमा नदीजन्य पदार्थ उत्खनन रोक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्