नेपालमै उपचार गर्न सक्नेगरी पूर्वाधार विकास भएको छ’
नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले अब नेपालमै सबै रोगको उपचार गर्न सक्नेगरी पूर्वाधार विकास भइसकेको बताउनुभएको छ ।
प्राडा. यज्ञप्रसाद अधिकारीको जीवन सङ्घर्षबारेमा लेखिएका लेखहरुको सङ्ग्रह लोकतान्त्रिक समाजवादका भाष्यकार प्राडा. यज्ञप्रसाद अधिकारी नामक पुस्तक विमोचन समारोहमा बुधवार महामन्त्री थापाले रहरले उपचारका लागि विदेश जानेलाई छाडेर बाध्यताले उपचार गर्न अब विदेश जान नपर्ने दाबी गर्नुभयो ।
‘हामी लामो समय सत्तामा रहेका नाताले पनि यो दावी गर्न सक्छौं कि अहिले कुनै पनि रोगका लागि उपचारमा विदेश जानुपर्ने अवस्था छैन’, उहाँले भन्नुभयो । उहाँले नेपालमै उपचार सक्षम छ भनेर जनविश्वास दिलाउन जरुरी रहेको बताउनुभयो ।
उहाँले प्राडा. अधिकारीले लोकतान्त्रिक आन्दोलनमा गर्नुभएको योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा काँग्रेस नेता गुरु घिमिरेले प्राडा. अधिकारी नेपाली राजनीतिमा लोकतान्त्रिक समाजवादका भाष्यकार विज्ञ हुनुभएकाले अहिले राजनिति उहाँले स्थापित गरेकै बाटोमा हिँडेको बताउनुभयो । लोकतान्त्रिक समाजवादकै बाटोमा देश अगाडि बढेको छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा वक्ताहरुले राजनीतिमा अहिले अधिकारी उपेक्षितजस्तो देखिए पनि उहाँ निष्ठाको राजनीतिमा उदाहरण पात्र रहनु भएको धारणा राख्नुभयो । लेख सङ्ग्रहमा विभिन्न ६८ जना विज्ञहरुले लेख्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपालमै उपचार गर्न सक्नेगरी पूर्वाधार विकास भएको छ’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्