सरकार चलाउन मात्रै गठबन्धन होइन : महासचिव पोखरेल
काठमाडौँ ,पुस १६ गते । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेकपा एमाले र नेपाली काङ्ग्रेसबीच नियमित सरकार सञ्चालनका लागि मात्रै गठबन्धन नबनेको बताउनुभएको छ ।
नेकपा (एमाले) नेपालगञ्ज उप–महानगरपालिका कमिटीको आयोजनामा आईतबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाली लोकतन्त्रमा बलियोमाथि कमजोरले शासन गर्ने गलत अभ्यासलाई नियन्त्रण गर्दै विकास र समृद्धितर्फ देशलाई अघि बढाउन प्रमुख दुई राजनीतिक दलबीच गठबन्धन भएको बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो, “नेपालमा ३२ सिट भएको राजनीतिक दलले म्याजिक सिटको नाममा सरकारको नेतृत्व गर्नुभनेको जनादेशमाथिको अवमुल्यन थियो, जनतामा देखिएको निरास र हताष मानसिकता बदल्न पनि यो ठाउँमा पुग्नैपर्ने थियो ।” उहाँले देशमा विकास र समृद्धिका लागि बहुमतको सरकार आवश्यक पर्ने भन्दै मिसन ८४ अन्तर्गत एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्ति बनाउन आम कार्यकर्तालाई निर्देशन दिनुभयो ।
मिसन ८४ भनेको एमालेको नेतृत्वमा एकल बहुमतको सरकार बनाउनु भएको उहाँको भनाइ छ ।
महासचिव पोखरेलले बिश्वका अन्य देशमा एउटै राजनीतिक दल र नेताले २।३ कार्यकाल सरकारको नेतृत्व गरिरहेको अवस्थामा नेपालमा हालसम्म पनि एउटा पनि सरकारले पूर्ण कार्यकाल पुरा गर्न नपाउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो । अस्थिर जनमत विकास र समृद्धिका लागि समस्या रहेको भन्दै उहाँले एमालेलाई बलियो. राजनीतिक शक्ति बनाउन अहिलेदेखि मिसन ८४ मा केन्द्रीत हुन आग्रह गर्नुभयो ।
नेकपा(एमाले) नेपालगञ्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष मोहित शाहको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु शान्ति ढकाल, मो.हारुन, पशुपतिदयाल मिश्र, जिल्ला अध्यक्ष निरक गुरुङ लगायतको सहभागिता थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #सरकार चलाउन मात्रै गठबन्धन होइन : महासचिव पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्