पार्टी एकताबारे छलफल गर्न आलोकनगर पुगे वामदेव गौतम
काठमाडौं ,पुस १५ गते । पार्टी एकताबारे छलफल गर्न वामदेव गौतम आलोकनगर पुगेका छन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग कुराकानी गर्न गौतम आलोकनगर पुगेका हुन्।
सोमबार दिउँसो अध्यक्ष नेपाल र गौतमबीच पार्टी एकताका सन्दर्भमा छलफल भएको हो।
गौतमले २०७८ भदौ १८ गते नेकपा (एमाले) परित्यागको घोषणा गरेका थिए। त्यसबेला गौतम एमालेको उपाध्यक्ष थिए।
त्यसपछि गौतम नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरी त्यसको संयोजकको भूमिकामा रहेका छन्। उनी राष्ट्रिय सभा सांसद पनि छन्। गौतमलाई पार्टीमा भित्र्याउन नेकपा (एकीकृत समाजवादी) ले संवाद अघि बढाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पार्टी एकताबारे छलफल गर्न आलोकनगर पुगे वामदेव गौतम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्