मौलिक पहिचानको संरक्षण र सम्वर्द्धनमा सबैले जोड दिनुपर्छ’
बागमती, पुस १५ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मौलिक पहिचानको संरक्षण र सम्वर्द्धनमा जोड दिन सकिए सम्भ, सुसंस्कृत र सहिष्णु समाज निर्माणमा टेवा पुग्ने विश्व व्यक्त गर्नुभएको छ ।
गुरूङ समुदायले नयाँ वर्षका रूपमा मनाउने तमु ल्होसार पर्वको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै प्रदेश प्रमुख देवकोटाले चाडपर्व नेपालको गहना भएकाले यसको संरक्षण र सम्वर्द्धनमा जोड दिनुपर्ने उल्लेख गर्नुभएको छ ।
“बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त विविधतामा एकताको अनुपम नमुना भएको सुन्दर देश नेपाल हो”, प्रदेश प्रमुख देवकोटाले जारी गर्नुभएको शुभकामना सन्देशमा भन्नुभएको छ, “हामीले आफ्नो मौलिक पहिचानको संरक्षण र सम्वर्द्धनमा यथाशक्य जोड दिनुपर्दछ, यसले हामीलाई सव्य, सुसंस्कृत र सहिष्णु समाज निर्माणमा थप टेवा दिन्छ ।”
यस्तै प्रदेश प्रमुख देवकोटाले नयाँ वर्ष सन् २०२५ को शुभकामना दिनुहुँदै सन् २०२४ को मूल्याङ्कन गरेर कमीकमजोरी सच्याउँदै अग्रमणको दिशामा लाग्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । आफ्ना मौलिक संस्कृतिका रक्षार्थका सभ्य, अनुशासित र अर्थपूर्ण क्रियाकलापप्रति सबैले गर्व र समर्थन हुनु आवश्यक रहेको उहाँले औल्याउनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मौलिक पहिचानको संरक्षण र सम्वर्द्धनमा सबैले जोड दिनुपर्छ’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्