टोखा नगरपालिकाभित्र दैनिक ज्यालादारी तथा मजदुरी गर्नेले राहात पाउने
काठमाडौं । टोखा नगरपालिकाले नगरपालिकाभित्र दैनिक ज्यालादारी तथा मजदुरी गरेर खाने व्यक्तिहरुलाई राहत दिने भएको छ ।
नगरप्रशासनले यसका लागी बिभिन्न वडा एवं कर्मचारीहरुलाई तथ्याङ्ग संकलन गर्ने अनुरोध समेत गरेको छ ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलले नगरपालिकाभित्र बसोबास गरी दैनिक ज्याला मजदुरी खाने कोही पनि व्यक्तिहरुलाई भोकै नराख्ने उद्देश्यका साथ नगरपालिका उनिहरुको तथ्यांक संकलन गरी राहत दिन लागेको बताउनुभएको छ ।
यसका साथै नगरपालिकाले खाद्यान्न लगायत अत्यावश्यक सामानको अभाव भएका नगरबासीहरुलाई सम्पर्क गर्नेका लागि नगर प्रमुख प्रकाश अधिकारीले नगरबासीहरु समक्ष अपिल गरेका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्