वन्यजन्तु संरक्षणमा सदर चिडियाखानाको भूमिका उल्लेखनीयः वनमन्त्री ठकुरी
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले प्रकृतिको संरक्षण गर्ने जिम्मा लिएर काम गरिरहेको दाबी गर्नुभएको छ । आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री ठकुरीले यस्तो दाबी गर्नुभएको हो ।
‘‘२९ वर्षमा सदर चिडियाखानाले वन्यजन्तुको व्यवस्थापन, संरक्षण, र आगन्तुकहरूलाई मनोरञ्जन प्रदान गर्न उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको पाइएको छ । सदर चिडियाखानाको व्यवस्थापन कोषलाई हस्तान्तरण भएपश्चात वन्यजन्तुको संरक्षण, बासस्थानको पुनर्निर्माण गरिएको छ भने एम्बुलेन्सको व्यवस्था, दक्ष जनशक्तिसहितको अस्पताल समेत सञ्चालनमा आएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘वन्यजन्तुहरूलाई उपयुक्त पोषण र पोषणयुक्त दानापानीको समेत व्यवस्था हुँदै आएको छ । साथै वन्यजन्तु कल्याणकारी व्यवस्थापनलाई प्राथमिकामा राखेर विभिन्न कार्यहरू हुँदै छ ।’’
उहाँले जलवायु परिवर्तन र पर्यावरणको प्रभावलाई न्युनीकरण गर्ने काममा सरकार सक्रिय रहेको बताउनुभयो । उहाँले सदर चिडियाखानाले वन्यजन्तुको व्यवस्थापन र संरक्षणमा उल्लेखनीय भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो ।
‘‘चिडियाखानामा वन्यजन्तुको उपचार र पुनःस्थापनामा समेत वन तथा वातावरण मन्त्रालय मातहतका विभिन्न निकायहरूसँग सहकार्य र समन्वय गरी उल्लेख्य भूमिका निर्वाह पनि गरेको छ । सदर चिडियाखानाले संरक्षण शिक्षाका लागि डिजिटल प्लेटफर्मसहितको संरक्षण शिक्षा सञ्चालनमा ल्याइएको छ । हालसम्म चिडियाखानाले पाँच सय वटा विद्यालयसँग संरक्षण शिक्षामा विविध कार्यहरू गर्दै सराहनीय कार्य गर्दै आएको छ ।,’’ मन्त्री शाहीले भन्नुभयो, ‘‘यसबाट फ्रेन्ड्स अफ जूका माध्यमबाट सम्बन्ध विस्तार गरेको देखिन्छ । आगन्तुकहरूका लागि भौतिक पूर्वाधार समेत धेरै हदसम्म व्यवस्थापन भएको पाइएको छ । समग्रमा चिडियाखाना हालको अवस्थामा आइपुग्दासम्मका लागि आर्थिक रूपमा सञ्चालनका दिगो र सफल रहेको देखिन्छ ।’’
उहाँले चिडियाखानाको व्यवस्थापन राष्ट्रिय प्राकृतिक संरक्षण कोषलाई हस्तान्तरण भएपश्चात वन्यजन्तुको संरक्षण, बासस्थानको पुनर्निर्माण, वन्यजन्तु अस्पताल र वन्यजन्तुका लागि पोषणयुक्त दानापानीको समेत व्यवस्था गर्न सफल भएको दाबी गर्नुभयो । कोषको अध्यक्ष समेत रहनुभएका उहाँले वन्यजन्तु संरक्षणका लागि सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
मन्त्री शाहीले भन्नुभयो, ‘‘नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय र विषेश गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग वन तथा भूसंरक्षण विभाग लगायतको उल्लेख्य भूमिका छ । बद्लिदो परिवेशमा हामीले नयाँ ढङ्गबाट काम गरिरहेको अवस्था छ । अहिले हामी प्रकृतिको संरक्षण गर्ने जिम्माका साथै जलवायु परिवर्तन र पर्यावरणको प्रभावलाई न्युनीकरण गर्ने लगायतका कामहरू समेत गरिरहेका छौं ।’’
उहाँले मानव र वन्यजन्तुबिचको द्वन्द्व न्युनीकरण गर्नका ला
क्याटेगोरी : समाचार
ट्याग : #न्यजन्तु संरक्षणमा सदर चिडियाखानाको भूमिका उल्लेखनीयः वनमन्त्री ठकुरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्