पर्सागढीलाई पर्यटकीय स्थलको रुपमा विकास गरिने
आईतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली सेनाले आधुनिक हतियारसँग सुसजित ब्रिटिस सेनामाथि ऐतिहासिक विजय प्राप्त गरेको उपलक्ष्यमा प्रत्येक वर्ष विजय महोत्सव मनाउने गरेको पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकले जानकारी दिनुभयो । उहाँले हरेक वर्षझै यस वर्ष पनि नेपाली सेना, पर्सागढी नगरपालिका र देवस्थल पर्सागढी मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजना र सहकार्यमा पुस १९ गते २१० औं विजय महोत्सव मनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
यस्तै, उहाँले मन्दिरको जग्गा अतिक्रमणको चपेटामा परेकोले जग्गा अभावका कारण चाहेर पनि पर्सागढीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न समस्या भएको बताउनुभयो। ूपर्सागढीलाई पर्यटकीय स्थलको रुपमा विकसित गर्न प्रदेश सरकार र संघीय सरकारको सहयोग र सहकार्यमा पर्यटकीय स्थलको रुपमा विकसित गरिने छू, उहाँले भन्नुभयो।
देवस्थल पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बृजमोहन चौधरीले आफ्ना पूर्वज रन्जित चौधरीको नेतृत्वमा पर्सागढीमा लडिएको युद्धमा गोर्खाली सेनाले विजय प्राप्त गरेपनि ऐतिहासिक युद्धस्थल ओझेलमा परेको गुनासो गर्नुभयो । बीरगन्जस्थित नेपाली सेनाको श्रीजंग गणले पनि पुस १९ गते मनाइने विजय महोत्सवको तयारीमा जुटेको जानकारी गराएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #पर्सागढीलाई पर्यटकीय स्थलको रुपमा विकास गरिने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्