Techie IT
आईतबार, वैशाख २१,२०८२

घुम्न जाउँ भन्दै कोठामा लगेर बलात्कार गरेकाे आरोपमा दुई किशोर पक्राउ


काठमाडौं । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा दैलेख नारायण नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका(३० रूद्रमार्ग बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले ती किशोरीलाई घुम्न जाने भनेर ललाई फकाई आफ्नो कोठामा लगेर मंगलबार राति बलात्कार गरेको भन्दै प्रहरी वृत्त मालीगाउँमा उजुरी परेको थियो ।

प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:20 am6:40 pm +0545