Techie IT
मंगलबार, कात्तिक २५,२०८३

प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रशासनअघि विद्यार्थीको प्रदर्शन


काठमाडौं । महोत्तरीको एक विद्यालयका प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका छन् ।

 

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–२ स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झाले ७ कक्षामा पढ्ने एक छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै सोही विद्यालयका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रअ झामाथि कानूनी कारबाहीको माग राखेका छन् ।

प्रधानाध्यापक झाले छात्रामाथि पटकपटक यौन दुर्व्यवहार गरेको खुलेपछि विद्यार्थी र अभिभावकहरुले झालाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा दबाब दिएका छन् ।

यतिबेला जिल्ला प्रशासन कार्यालयअघि तनावग्रस्त अवस्था रहेको छ । जिल्ला प्रशासन कार्यालयमा ठूलाे स‌ंख्यामा प्रहरी परिचालन गरिएकाे छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रशासनअघि विद्यार्थीको प्रदर्शन


तपाईको कमेन्ट लेख्नुहोस्