Techie IT
आईतबार, वैशाख २१,२०८२

मोहन वैघको आइसियुमा उपचार हुँदै


काठमाडौं, पुस १४ गते । त्रिवि शिक्षण अस्पतालमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणको आइसीयूमा सारिएको छ ।

विगत १५ दिनदेखि अस्पतालमा उपचाररत वैद्ययको स्वास्थ्यमा थप समस्या आएकाले शनिबार सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयूमा सारिएको हो ।

अधिवेसनको काममा भाग दौड गर्दा स्वास्थ्यमा समस्या देखिएकाले उहाँलाई अस्पतालको एनेक्स टू क्याविनमा राखेर उपचार गरिएको थियो ।

उपचारमा संलग्न चिकित्सक डा.निरज बमका अनुसार उहाँको छातीमा सङ्क्रमण र दमको समस्या छ । वैद्य दीर्घ दमका रोगी समेत हुनुहुन्छ । हरेक वर्ष जाडो याममा उहाँलाई दमको समस्या बढ्ने गर्छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #मोहन वैघको आइसियुमा उपचार हुँदै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Partly Cloudy
5:19 am6:41 pm +0545