अण्डाको मूल्य हालसम्मकै उच्च, प्रति क्रेटकाे कति ?
काठमाडौं । अण्डाको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले मूल्य बढाएसँगै अण्डाको मूल्य हालसम्मकै उच्च कायम भएको हो ।
संघले शनिबारदेखि लागू हुने गरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी (७ क्रेट) ३ हजार ६०० रुपैयाँ र मझौलाको ३ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ ।
योसँगै नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ पर्न आउँछ। यससँगै खुद्रा उपभोक्ता प्रतिगोटा २२.५० कायम गरिएको छ ।
दाउन्ने एग्रोफार्म, हिमचुली पोल्ट्री, खिलुङकाली (जनकपुर एग्रो) सुविश पोल्ट्री, भिज्जु पोल्ट्री, शिवम् लेयर्स फार्म लगायतले काठमाण्डौको होलसेल बजारमा शनिबारदेखि कायम हुने गरी ठूलो अण्डा प्रतिपेटी ३ हजार ७५० देखि ३ हजार ७८० रुपैयाँसम्म र मझौलाको ३ हजार ६५० देखि ३ हजार ६८० रुपैयाँसम्म प्रतिपेटी दररेट कायम गरेका छन् ।
जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, पर्यटक बढेको र स्कुल कलेज सञ्चालनमा आएसँगै अण्डाको माग बढेकाले मूल्य बढेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अण्डाको मूल्य हालसम्मकै उच्च, #प्रति क्रेटकाे कति ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्