Techie IT
मंगलबार, कात्तिक २५,२०८३

समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्रीले भने- कानूनबमोजिम पाउनेलाई नागरिकताबाट बञ्चित गर्दैनौँ


काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले संविधान र कानूनबमोजिम नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिलाई नागरिकता दिने बताएका छन् ।

नागरिकता समस्या समाधान अध्ययन समितिले बुझाएको अध्ययन प्रतिवेदन बुझ्दै प्रतिवेदनमा औँल्याइएका समस्या र समाधानका उपयाहरुबारे सरकारले अध्ययन गरेर काम गर्ने बताए ।

उनले भने, ‘यो प्रतिवेदन प्राप्त भइसकेपछि यसको गम्भीरतापूर्वक अध्ययन गर्नेछौँ। कहाँ के समस्या औँल्याउनुभएको छ, समाधानका के उपाय सुझाउनुभएको छ। यसको निष्कर्ष के दिनुभएको छ, त्यो कुरा अध्ययन गर्नेछौँ। साथै यो विषयमा थप गर्नुपर्ने आवश्यक काम गर्नेछौँ । नागरिकता निकै संवेदनशील विषय हो ।’

यो विषयलाई निकै संवेदनशील, गम्भीर र जिम्मेवारीपूर्वक हेर्नुपर्ने बताए ।

उनले थपे, ‘नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिले नागरिकता प्राप्त गर्नुपर्छ, कुनैपनि नेपाली नागरिक जसले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हो, संविधान र कानूनबमोजिम उसले नागरिकता प्राप्त गर्नैपर्छ। तर नागरिकता प्राप्त गर्न नहुने मानिसले नागरिकता प्राप्त गर्ने स्थिति बन्नु हुँदैन ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्रीले भने- कानूनबमोजिम पाउनेलाई नागरिकताबाट बञ्चित गर्दैनौँ


तपाईको कमेन्ट लेख्नुहोस्