सुगरको उपचार गर्ने भन्दै घरमा आएका नक्कली डाक्टरले लुटे सुनचाँदी र ३ लाख रुपैयाँ
काठमाडौं । नक्कली डाक्टर बनेर घरभित्र घुुसेका व्यक्तिले ३ लाख नगद र सुन–चाँदीका गरगहना चोरेका छन् । घटनामा संलग्न डा। आलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी जिल्लाको जलेश्वर–२ मा घर भएका मण्डलले पिडितलाई फेसबुकमा साथी बनाएर आफूलाई डाक्टरको रुपमा चिनाएका थिए । सुगरको उपचार गर्ने भन्दै उनी पिडितको घरमा गएका थिए ।
परिवारका सदस्यलाई औषधि खुवाएर बेहोस बनाएपछि उनले सिक्री, औंठी, मंगलसूत्र, टप, झुम्का लगायत सुनका गहनाका साथै ३ लाख नगद चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धानले जनाएको छ ।
प्रहरीले मण्डलबाट एप्पल कम्पनीको मोबाइल, भिभो कम्पनीको मोबाइल, सामसङ कम्पनीका मोबाइल र नगद ५९ हजार ३६० रुपैयाँ बरामद गरेको छ ।
घटनास्थलको सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गर्दा अभियुक्त फेला परेका हुन् । उनलाई नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ आरुखर्कबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई चोरी सम्वन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #सुगरको उपचार गर्ने भन्दै घरमा आएका नक्कली डाक्टरले लुटे सुनचाँदी र ३ लाख रुपैयाँ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्