‘सुसाइड नोट’ लेखेर घरबाट हिँडेका युवालाई प्रहरीले नागढुंगामा समात्यो, अस्पताल भर्ना
काठमाडौं । घरबाट मर्छु भनेर हिँडेका एक युवकलाई प्रहरीले जीवित अवस्थामा नियन्त्रणमा लिएको छ ।
शुक्रबार विहान नागार्जुन नगरपालिका ६ का ३५ वर्षीय सन्तोष तिमल्सिनाले घरमै सुसाइड नोट लेखेका थिए । सुसाइड नोट लेखेपछि म मर्न हिँडेको भन्दै घरबाट निस्किएका थिए ।
परिवारका सदस्यले तत्काल प्रहरीलाई खबर गरे । अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई दिउँसो साढे ३ बजे नागढुङ्गामा फेला पारेको उक्त कार्यालयले जनाएको छ ।
‘केही औषधी सेवन गरेजस्तो छ, लठ्ठ परेको अवस्थामा फेला परेका छन्,’ खोजीमा संलग्न एक प्रहरीले बताए । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
उनले लेखेको सुसाइड नोट प्रहरीले बरामद गरेको छ । त्यसमा बुबा, आमा, पत्नीसँग माफी मागेका छन् ।‘अफिसका तीन जना’ लाई आत्महत्याको कारक भन्दै लेखिएको नोटमा अफिस र ‘तीनजनाको नाम उल्लेख गरेका छैनन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #‘सुसाइड नोट’ लेखेर घरबाट हिँडेका युवालाई प्रहरीले नागढुंगामा समात्यो, #breaking, #अस्पताल भर्ना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्