बागमती प्रदेश सिटिइभिटीको प्रमुख कार्यकारी निर्देशकमा नुवाकोटकी लामा नियुक्त

बागमती प्रदेश सरकारले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् सिटीइभिटी बागमती प्रदेशको प्रमुख कार्यकारी निर्देशकमा नुवाकोट स्थायी ठेगाना भएकी शान्ति लामालाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका–४ की लामालाई प्रदेश सिटीइभिटीको कार्यकारी निर्देशक नियुक्त गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले बताए ।
बागमती प्रदेश सरकारले दरखास्त आव्हान गरी परीक्षा तथा अन्तरवार्ता समेत सम्पन्न गरेर नुवाकोटकी लामालाई प्रमुख कार्यकारी निर्देशकमा चयन गरेको हो ।
सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरेको संयोजकत्वमा रहेको प्रमुख कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले लामा सहित तीन जनालाई प्रमुख कार्यकारी निर्देशकको लागि सिफारिस गरेकोमा सरकारले लामालाई नियुक्त गरेको हो ।
समितिलेले लामा सहित भक्तपुर जिल्लाको मध्यपुरठिमी नगरपालिका–९ का बद्री प्रसाद दाहाल र चितवन जिल्लाको भरतपुर–१० का ईश्वरचन्द्र पौड्यालको नाम सिफारिस गरेको थियो ।
लामा २०७४ को स्थानीय तह निर्वाचनमा म्यागङ गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित जनप्रतिनिधि समेत हुन भने हाल कांग्रेस नुवाकोटकी महाधिवेशन प्रतिनिधि समेत हुन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #बागमती प्रदेश सिटिइभिटीको प्रमुख कार्यकारी निर्देशकमा नुवाकोटकी लामा नियुक्त
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्