रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्ने भएको छ ।
शुक्रवार दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी सचिवालय बैठक बस्न लागेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
बैठकमा मुलुकको समसामयिक राजनीति परिस्थिति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारी लगायत विविध विषयमा छलफल हुनेछ ।
हाल पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल रहेका छन् ।
पार्टी सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर भएपछि लामिछानेको इच्छाअनुसार यही पुस ८ गते बसेको रास्वपाको बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #रास्वपाको सचिवालय बैठक बस्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्