सङ्घीय सरकारले जे भन्छ त्यही गर्न बाध्य छौं : मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायणले सङ्घीय सरकारले जे भन्छ त्यही गर्न आफूहरू बाध्य भएको बताउनुभएको छ । गैरसरकारी संस्था महासङ्घले आयोजना गरेको नागरिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले राम्रो ऐन कानुन बनाएर लागु गर्दा अदालतबाट रोकिएको स्मरण गराउँदै कानुनको अभावमा समस्या झेलिरहेको बताउनुभएको हो ।
उहाँँले भन्नुभयो, “हामी प्रदेशबाट बनाउन खोज्दा पनि पाएका छैनौ, हामीले सामाजिक सङ्घसंस्था सम्बन्धी ऐन बनायौँ सर्वोच्च अदालतले सङ्घीय कानुनसँग बाँझिएको भन्दै रोक्यो, सामाजिक सङ्घसंस्थामा बजेट विनियोजन गरेर सामाजिक क्षेत्रमा लगानी गर्ने खोज्यौँ, अदालतले २२ बुँदे पत्र पठाएर कार्यान्वयन नगर्न भन्यो, कानुनको जटिलताले काम गर्न समस्या भएको छ ।”
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मुख्यमन्त्री आचार्यले सङ्घीय सरकारले प्रदेश सरकारका लागि आवश्यक कानुन नबनाइदिँदा कर्मचारीले पनि काम गर्न मन नगरेको गुनासो समेत गर्नुभयो। सङ्घीय सरकारलाई प्रदेश सरकारलाई आवश्यक कानुन बनाउनका लागि दवाव दिनुपर्ने उहाँको तर्क थियो।
मुख्यमन्त्री आचार्यले आफूहरूको स्तरबाट सुशासनको पक्षमा राम्रो काम गरेको दाबी गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सङ्घीय सरकारले जे भन्छ त्यही गर्न बाध्य छौं : मुख्यमन्त्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्