Techie IT
आईतबार, वैशाख २१,२०८२

चक्लेट बोकेको म्याजिक भ्यान नियन्त्रणमा


पुस ११ गते । पर्साको वीरगञ्ज महानगरपालिका–१४ पावरहाउस चोकबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका चक्लेट बोकेको म्याजिक भ्यान नियन्त्रणमा लिएको छ ।

बुधबार भारतबाट अवैध रूपले ना. १ ज. ७८४५ नम्बरको म्याजिक भ्यानमा राखी नेपालतर्फ ल्याउँदै गरेको चक्लेट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रवक्ता थापाका अनुसार बरामद चक्लेट तथा भ्यान आवश्यक कारबाहीका लागि सम्बन्धित नियकायमा बुझाइएको छ । बरामद चक्लेट तथा भ्यानको भन्सार दाखिला मूल्य १० लाख रुपियाँ रहेको छ । गाडी चालक भने फरार रहेका छन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #चक्लेट बोकेको म्याजिक भ्यान नियन्त्रणमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Partly Cloudy
5:19 am6:41 pm +0545