लिपुलेकबारे भारत र चीनबीचको सहमतिपछि पनि सरकार मौन बसेकोप्रति नेकपा एसनिकट अनेरास्ववियूको आपत्ति
काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियू पछिल्लो समय भारत र चीनले नेपाली भू-भाग लिपुलेकलाई तीर्थ यात्रु आवतजावतको केन्द्र बनाउने सहमति गरेकोप्रति आपत्ति जनाएको छ।
अनेरास्ववियूकी आरती लामाले एक विज्ञप्ति जारी गर्दै चीनको राजधानी बेइजिङमा भारत र चीनका प्रतिनिधिहरुबीच नेपाली भू-भागको उपयोगबारे सहमति हुँदा नेपाल सरकार बेखबर रहेकोप्रति आपत्ति जनाएकी हुन्।
विषय सार्वजनिक भइसक्दा समेत सरकारी तवरबाट कुनै प्रतिक्रिया नआउनु अत्यन्त लज्जास्पद भएको अनेरास्ववियुको निष्कर्ष छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अनेरास्ववियू छिमेकी मुलुकहरुले मच्चाएको सीमा आतंक र हेपाहा प्रवृत्ति विरुद्ध खेद प्रकट गर्दै नेपाल विरुद्धका गतिविधि रोक्न चेतावनी दिन चाहन्छ । साथै नेपाली भूभागमाथि भइरहेको अत्याचार विरुद्ध यथाशीघ्र आफ्नो धारणा सार्वजनिक गर्न नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।’
यस्तै, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि सरकार देशको सीमा रक्षामा असफल भएको आरोप लगाएका छन्। कञ्चनपुरको सीमा क्षेत्रमा भारतले एक हजार बिघा जमिन कब्जा गर्दा पनि सरकार बोल्न नसकेको भन्दै आलोचना गरेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #लिपुलेकबारे भारत र चीनबीचको सहमतिपछि गोकुल बास्कोटाले भने- नेपाललाई हेप्न खोजियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्