दाङमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु
मोटरसाइकल दुर्घटनामा परेर दाङमा एक जना प्रहरी जवानको मृत्यु भएको छ ।
सोमबार राती दाङको लमही नगरपालिका वडा नम्बर ७ का २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले जनाएका छन् ।
उनी चौधरी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत थिए । वडा प्रहरी कार्यालयको काममा खटिएका चौधरीको लमही वडा नम्बर ७ स्थित कर्ण खोलामा मोटरसाइकल दुर्घटनामा परेका हुन् ।
जिप्रकाका अनुसार सोमबार बेलुकी सवा आठ बजेतिर उनी दुर्घटनामा परेपछि उद्धार गरी लमही अस्पतालमा पुर्याएको केही बेरमै चिकित्सकले मृत घोषणा गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दाङमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्