अनावश्यक संचिति नगर्नुस् : मन्त्री भट्ट

काठमाडौं, ०५ फाल्गुण – उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले अत्यावश्यिकिय वस्तुको अनावश्यक संचिति नगर्न आग्रह गरेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहयोगमा जनप्रशासन संघद्वारा आपुर्ती मन्त्रालयमा आयोजित कोरोनाको प्रभाव :आपुर्ती ब्यवस्था बिषयक अन्तर्कृया कार्यक्रम माझ मन्त्री भट्टले सो कुरा उल्लेख गरेका हुन । ‘हल्लाको पछी नलाग्नुस्, आपुर्ती ब्यवस्थापनमा त्यस्तो कुनै समस्या छैन, सरकारले नियमनको कार्यलाई अझ प्रभावकारी बनाउदै लगेको छ, आत्तिनुपर्ने अवस्था छैन, त्यसैले अनावश्यक संचिति नगर्नुस् भन्ने आग्रह गर्छुु’ उनले भने । साथै, मन्त्री भट्टले ग्यास, पेट्रोल जस्ता प्रज्वलनसिल पद्धार्थको संचितिले निम्त्याउन सक्ने दुर्घटना बारे ख्याल राख्न पनि ध्यानाकर्षण गराए । उनले चिनिया स्याउ र लसुनमा मुल्य बढेता पनि अन्य सामाग्रीको मुल्य नबढेको समेत बताए । उद्योग, वाणिज्य तथा आपुर्ती राज्यमन्त्री मोतीलाल दुगडले संकटपूर्ण अवस्थामा एक अर्कालाई दोषारोपण गर्नु भन्दा पनि साथ सहयोगको खाँचो रहने औल्याउदै बजारलाई चुस्त राख्न ब्यवसायी, अधिकारकर्मी, आम उपभोक्ता लगायत सबैले मिलेर अघि बढनुपर्ने धारणा राखे । कार्यक्रम माझ जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बास्कोटाले कोरोनाको प्रभावका कारण बजारमा आपुर्ती ब्यवस्थापनमा समस्या र चुनौती देखा पर्न सक्ने हुँदा समस्या आउन नदिन सम्पूर्ण सरोकारवालाहरुले कर्तब्यबोध गर्दै अघि बढनुपर्ने सुझाव पेश गरे । अन्तर्कृया कार्यक्रम माझ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पोरेशनसँग नौ महिना भन्दा बढि समय पुग्ने करिब २ अर्ब बराबरको नुनको भण्डारण रहनुका साथै अन्य अत्यावशिकिय सामाग्रीको पर्याप्त मात्रामा स्टक रहेको जनाउदै आम उपभोक्तालाई निर्धक्क रहन आग्रह गरे । कार्यक्रम माझ वाणिज्य तथा आपुर्ती ब्यवस्थापन विभाग, औषधी ब्यवस्था विभाग,खाद्य कम्पनी , उद्यमी ब्यवसायी, उपभोक्ता अधिकारकर्मी लगायतले आपुर्ती ब्यवस्थामा कोरोनाको प्रभाव, बजार नियन्त्रणको प्रयास, बजारमा देखिदै आएको समस्या, उच्च सतर्कताका लागि अपनाउनुपर्ने उपाय आदीका बिषयमा मिश्रित धारणा राखेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्