रवि लामिछानेलाई निलम्बन गर्न संसद सचिवालयमा पुग्यो पत्र

सम्पत्ति शुद्धीकरणसहित ३ कसुरको मुद्दा दर्ता भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न पत्र संसद सचिवालयमा पुगेको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐनमा सम्पत्ति शुद्धीकरणको मुद्धा अदालतमा प्रवेश गरेसँगै रविको सांसद पद स्वत निलम्बल हुने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र संसद सचिवालयमा आइपुगेको प्रवक्ता एकराम गिरीले जानकारी दिए । ‘जिल्ला प्रहरी कार्यालय कास्कीबाट पत्र प्राप्त भएको छ । त्यसको प्रक्रियो सोमबार सुरु हुन्छ होला’, गिरीले नेपाल प्रेससँग भने ।
‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ’, सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ मा भनिएको छ ।
रविविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको हो ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #breaking, #रवि लामिछानेलाई निलम्बन गर्न संसद सचिवालयमा पुग्यो पत्र
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्