Techie IT
बुधबार, कात्तिक २६,२०८३

सहकारी ठगीमा माओवादी युवा नेता दिपेश पुन पनि प्रतिवादी, रविसँगै संगठित अपराधमा मुद्दा


सहकारी बचत अपचलन मुद्दामा रवि लामिछाने,जिबी राई,छबिलाल जोशीसँगै माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनलाई पनि प्रतिवादी बनाइएको छ ।

सरकारी वकिलले प्रहरी प्रतिवेदनका आधारमा कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दीपशेलाई पनि प्रतिवादी बनाएको हो ।

माओवादीका युवा नेता पुनलाई फरार प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले रातोपाटीलाई जानकारी दिइन् ।

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा ४४ जनालाई प्रतिवादी कायम गरिएको छ । ५ जनालाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि मात्र प्रतिवादी कायम गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले बताइन् ।

सुन तस्करी प्रकरणमा समेत पक्राउ परेर केही समयअघि छुटेका दिपेश पुन पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रविसँगै संगठित अपराधमा मुद्दा, #सहकारी ठगीमा माओवादी युवा नेता दिपेश पुन पनि प्रतिवादी


तपाईको कमेन्ट लेख्नुहोस्