काठमाडौं फोटोग्राफर संघले वेडिङ फोटो अवार्ड २०२४ आयोजना गर्दै
काठमाडौं । काठमाडौं फोटोग्राफर संघले वेडिङ फोटो अवार्ड २०२४ आयोजना गर्ने भएको छ ।
काठमाडौंमा एक कार्यक्रमकाबीच संघले देशभरका विभिन्न जिल्लामा भव्य रूपमा प्रचार–प्रसारका तथा क्यम्पेनीङ कार्यक्रम सम्पन्न भएको जानकारी गराएको छ ।
संस्थाका अध्यक्ष हरिप्रसाद घिमिरेको नेतृत्वमा काठमाडौंबाट निस्कीएको एक टोली तनहुँ, पोखरा, स्याङ्जा, पाल्पा, दाङ, कपिलवस्तु, बुटवल, नवलपरासी (पूर्व र पश्चिम), नवलपुर र चितवन कार्यक्रम गरेएको छ ।
यस अघि काठमाडौं, ललीतपुर र भक्तपुरका बिभिन्न स्थानमा स्थानहरूमा प्रचार–प्रसारका तथा क्यम्पेनीङ अभियान सञ्चालन गरिसकेका छ ।
संघले कार्यक्रमको मुख्य उद्देश्य नेपाली विवाह फोटोग्राफीलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उत्कृष्टता प्रोत्साहन गर्दै, नेपालीमा हुने विवाहका संस्कृति, जात जाती भेष भुषा फोटोग्राफीका मध्यमबाट संसार भर चिनाउनु रहेको पनि जानकारी दिएका छन् ।
अध्यक्ष घिमिरे यसको माध्यमबाट फोटोग्राफरको प्रतिभालाई उजागर गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय फोटोग्राफी मानचित्रमा चिनाउने बताए ।
उनले भने, ‘केपीए वेडिङ फोटो अवार्ड २०२४ ले नेपाली फोटोग्राफीलाई नयाँ उचाइमा पु¥याउने र फोटोग्राफरहरूको मेहनतलाई सम्मान गर्ने उद्देश्य राखेको छ । देशभरका प्रतिभावान फोटोग्राफरहरूको योगदानलाई उजागर गर्न यो कार्यक्रम ऐतिहासिक हुने विश्वास छ ।’
अध्यक्ष घिमिरेको नेतृत्वमा कार्यक्रमलाई व्यवस्थित र सफल बनाउने प्रयास भइरहेको छ ।
यो कार्यक्रमले फोटोग्राफीप्रति रुचि राख्ने सम्पूर्णलाई एकत्रित गर्नेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोटोग्राफी व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रममा थप आकर्षण थप्नेछ । केपीए वेडिङ फोटो अवार्ड २०२४ ले नेपाली फोटोग्राफी उद्योगलाई एकजुट पार्दै यसलाई विश्वस्तरीय बनाउन महत्वपूर्ण योगदान दिनेछ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं फोटोग्राफर संघले वेडिङ फोटो अवार्ड २०२४ आयोजना गर्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्