ललितपुरका नगर प्रहरीको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने- तपाईंहरुले गरिबको ठेला फ्याक्नुभएको छैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजिक कार्यक्रममा पुगेर काठमाडौं महानगरलाई कटाक्ष गरेका छन् ।
काठमाडौं महानगर प्रमुख बालेन शाहको निर्देशनमा नगर प्रहरीले काठमाडौंमा गरिब जनतामाथि आतंक मच्चाएको आशयले बोले । कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललितपुर नगर प्रहरीले जनताको ठेला नफ्याँकोले भन्दै प्रशंसा गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘ललितपुर नगर प्रहरी सम्मानित हुनुभएको छ, म धन्यवाद भन्न चाहन्छु । किनकि ललितपुर नगर प्रहरीले गुर्र जिपमा कुँदेर, अर्कै लोकको केही आए झैं गरेर कुँदेर, झ्याप गाडी रोकेर, सिठ्ठी बजाउँदै आतंक छाउँदै, ठेला फाल्दै, गरिबका तरकारी, टमाटर फाल्दै यस्तो गरेको मैले देखेको छैन ।’
उनले नगर प्रहरी आतंकको पर्याय नभएको पनि बताए । उनले थपे, ‘तपाईंहरुले जनताका लागि त्रास फिजाउने होइन । तपाईंहरुलाई देख्दा जनताले सुरक्षित महसुस गरुन् । तपाईंहरु जाँदा जनताले हाम्रा रक्षकहरु आए भन्ने ठान्नुपर्छ । ताकि लौ आयो, कता भागौं, के गरौं भन्ने हुनुहुँदैन । कोही घडी फुकालेर लुकाउन थाल्ने, कोही सिक्री लुकाउन थाल्ने, यस्तो अवस्था नहोस् ।’
उनले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताए । जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिइ सेवाभाव प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भने, ‘हामी जनताका सेवक हौं । हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनुपर्छ । हामीभित्र घमण्ड पस्नु हुँदैन । तनाव लिने र दिने काम पनि गर्नु हुँदैन । हामीले जातीय विविधताको सम्मान र राष्ट्रिय एकतालाई कायम गर्दै सुशासनयुक्त समृद्ध नेपाल निर्माणको बाटामो तीब्रताका साथ अगाडि बढ्नुपर्छ ।’
उनले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए ।
व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने भ्रम फैलाइएकाप्रति सचेत हुन आग्रह गर्दै मुलुकका व्यवस्था परिवर्तनपछि पूर्वाधार विकास र रोजगारीवृद्धिका साथै थुप्रै ठुला उद्योगहरु सञ्चालनमा आएको उनले दाबी गरे ।
उनले मानिसका छोराछोरीलाई सडकमा अलपत्र पार्न नदिने र विसं २०८२ भित्र सडक मानवमुक्त नेपाल बनाउन काम भइरहेको जनाए । आफू पहिला प्रधानमन्त्री हुँदा नौ लाख मानिसलाई निरपेक्ष गरिबीको रेखाबाट तल झारिएको सन्दर्भ पनि प्रधानमन्त्री ओलीले स्मरण गरे ।
विभिन्न क्षेत्रमा योगदानकर्तालाई महानगर गौरव सम्मानबाट पुरस्कृत गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले महानगरपालिकाको एकद्वार प्रणाली, विद्युतीय नक्सापास प्रणाली र फोहोर सङ्कलनका लागि मोबाइल एप्सको शुभारम्भ गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #ललितपुरका नगर प्रहरीको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने- तपाईंहरुले गरिबको ठेला फ्याक्नुभएको छैन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्