सप्तरीको राजविराज-रुपनी र कठौना-पातो सडकखण्ड अवरुद्ध
पुस २ गते । सप्तरीको राजविराज नगरपालिका-९ मलेठस्थित राजविराज–रुपनी र कठौना–पातो सडकखण्डमा मंगलबार चक्काजाम गरिएको छ। सडक निर्माण तथा धुलो नियन्त्रणको माग गर्दै मध्यान्ह १२ बजेदेखि स्थानीयले सडक अवरुद्ध गरेको हो ।
सडकमा टायर बालेर तथा बाँस तेर्साएर सडक अवरुद्ध गरि स्थानीयले विरोध प्रदर्शन गरेपछि उक्त बाटो भएर चल्ने सवारी साधनहरु बाटोमै रोकिएको थियो । शान्तिपूर्ण रुपबाट सुनुवाइ नभएपछि आक्रोशित स्थानीयले सडक अवरुद्ध गरेपछि यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् ।
भत्काएर छोडिएको सडकमा धुलो उड्न नदिन ठेकेदारलाई पानीको व्यवस्था गर्न लगाउनु पर्ने, सडक निर्माणको कार्य तुरुन्तै सुरु गर्नुपर्नेसहितका माग राखी आन्दोलनमा उत्रिएको स्थानीय रामचन्द्र यादवले बताउनुभयाे ।
निर्माण कम्पनीले सडक भत्काएर छोडेपछि सवारीसाधन आवतजावत गर्दा धुलो उडेर घरभित्रै परेर समस्या भएपछि पानीको व्यवस्था गर्न माग राखी आन्दोलनमा उत्रिनु परेको स्थानीय सचिन साहले बताउनुभयो । सडक अलपत्र छोड्दा प्रदुषण बढेर पर्यावरण बिग्रीएकोले धुलो नियन्त्रणका लागि ठेकेदारलाई पटकपटक भन्दा पनि सुनुवाइ नहुँदा संघर्षमा उत्रिएको स्थानीय युवा शैलेन्द्र यादवले बताउनुभयो ।
ठेकेदार संजीव साहलाई आफूहरुको समस्याबारे ध्यानाकर्षण गराउँदा मोबाइल अफ गरेर बस्ने गरेको स्थानीय राज कुमार यादवले आरोप लगाए ।
स्थानीय प्रशासनले माग पूरा गर्न पहल गर्ने आश्वासन दिएपनि समस्या ज्यूकोत्यू रहेकोले फेरी सडक जाम गर्न बाध्य भएको उहाँले जानकारी दिनुभयो ।
स्थानीयले यसअघि पनि पानीको व्यवस्था र सडक निर्माणको माग राखी पटकपटक सडक अवरुद्ध गर्दै आएका छन् । यसै बिच जिल्लाको डाक्नेश्वी नगरपालिका ७ मझौरामा मंगलबार कठौना–पातो भित्री सडकखण्ड चक्काचाम गरिएको छ । सडक निर्माण कार्य अलपत्र हुँदा धुलो उडेर समस्यामा परेका आक्रोशित स्थानीयबासीले विहान ९ बजेदेखि सडक अवरुद्ध गरेको हो ।
स्थानीयले सडकमा बाँस तेर्साएर सडक अवरुद्ध गरेपछि उक्त मार्ग भएर चल्ने सवारी साधन बाटैमा रोकिएको छ । सडक अवरुद्ध हुँदा सयौंको संख्यामा यात्रुहरुले सास्ती खेप्न बाध्य भएका छन् ।
धुलो नियन्त्रणका लागि नगरपालिका र निर्माण कम्पनीसंग पटकपटक आग्रह गर्दा समेत सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको स्थानीय बताउँछन । उहाँहरुले धुलो नियन्त्रण गरी सडक निर्माण कार्यलाई अगाडि नबढाएसम्म चक्काजाम जारी राख्ने चेतावनी दिएका छन् ।
पूर्व प्रदेश सभा सदस्य विदेश्वर कुमार यादवले धुलोका कारण जनजीवन प्रभावित हुँदा समेत सरोकारवाला निकाय गम्भीर नदेखिएको भन्दै आपत्ति व्यक्त गरेका छन् । उहाँले नगरप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य तथा स्थानीय प्रशासनिक समेत मौन रहेको सञ्चारकर्मीलाई बताउनुभयो ।
‘पातो कठौना सडकखण्ड निर्माण अलपत्र परेपछि सडकबाट उड्ने धुलोले स्थानीयको स्वास्थ्यमा समस्या परेको डाकनेश्वरी नपा–७ मझोउरा गाउँबासीद्वारा सडक जाम गरी विरोध प्रदर्शनमा उत्रिएका छन् । स्थानीयहरुले ‘ठेकेदार, प्रशासन र जनप्रतिनिधिको अत्तोपत्तो नभएको बताउँदै सडकमा पानी पटाउनुपर्ने हो तर ठेकेदार कम्पनी निर्माण कार्य अलपत्र छाडेका छन । स्थानीयबासीहरुले समस्या समाधानमा गम्भीर हुन सम्बन्धि पक्षसंग जोडदार माग समेत गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सप्तरीको राजविराज-रुपनी र कठौना-पातो सडकखण्ड अवरुद्ध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्