एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित
पुस २ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित हुनुभएको छ । एमाले डोटीको नवौं जिल्ला अधिवेशनबाट निकटम प्रतिद्वन्दी शेरबहादुर मल्ललाई पराजित गर्दै मलासी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
मङ्गलबार बिहान सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार मलासीले आफ्ना प्रतिस्पर्धी शेरबहादुर मल्ललाई ४४ मत बढी ल्याउनुभएको छ । मलासीले दुई सय १५ प्राप्त गर्दा मल्लले एक सय ७१ मत प्राप्त गर्नुभएको थियो ।
मङ्सिर २८ गतेबाट सुरु भएको नवौं डोटी जिल्ला अधिवेशनमा चार सय १२ जना प्रतितिधि रहेका थिए । निर्वाचन समितिका संयोजक अधिवक्ता नवराज भट्टका अनुसार सोमबार सम्पन्न भएको निर्वाचनमा तीन सय ९३ जना प्रतिनिधिहरुले मतदान गर्नु भएको थियो ।
अधिवेशनबाट जिल्ला कमिटी उपाध्यक्ष पदमा खगेन्द्र बढैला, सचिवमा पदमराज भट्ट, खुला उपसचिवमा डम्मरसिंह डौडी र महिला उपसचिवमा बिस्ना देवी सिंह निर्वाचित हुनुभएको छ । २०८० चैतमा सम्पन्न हुनुपर्ने एमाले डोटीको जिल्ला अधिवेशन प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएपछि २०८१ मङ्सिरमा सारिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्