उपत्यकामा खानेपानीको समस्या दिर्घकालिन रुपमा समाधान गछौं : मन्त्री यादव
काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा खानेपानीको समस्या दिर्घकालिन रुपमा समाधान गर्ने योजना बनाएर अगाडि बढेको बताएका छन् ।
मंगलबार निरिक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपत्यकामा खानेपानीको अभाव हुन नदिनको लागि ठाउँ–ठाउँमा अवलोकन गरिराखेको बताए ।
उनले भने,‘उपत्यकामा खानेपानीको अभाव हुन नदिनको लागि हामीले ठाउँ–ठाउँमा अवलोकन गरिराखेको छौं । अहिले नयाँ टेक्नोलोजिको प्रावधानको विषयमा पनि हामीले अनुगमन गरिराखेको छौं । आउँने दिनमा उपत्यकामा कुनै पनि किसिमको खानेपानीको समस्या नहोस् भनेर दिर्घकालिन रुपमा योजना बनाएर अगाडि बढेका छौं ।’
उनले १२ महिना नै पानी उपलब्ध गराउन नयाँ उपाएको योजना सुन्दरीजलमा थपिरहेको भन्दै निर्माण पश्चात काठमाडौंमा २४ घण्टा नै पानी आउँने सपना पूरा हुने बताए ।
उनले भने,‘हामीले २४ औं घण्टा १२ महिना नै पानी दिन नयाँ ट्रिट्मेन्ट योजना हामीले सुन्दरीजलमा थपिरहेको छौं । त्यो निर्माण भएसकेपछि काठमाडौंमा २४ घण्टा नै पानी आउने सपना पूरा हुन्छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उपत्यकामा खानेपानीको समस्या दिर्घकालिन रुपमा समाधान गछौं : मन्त्री यादव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्